Logo

एमालेले १४ जना सांसदलाई पदमुक्त गर्न हालेको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा



काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलील एमालेका १४ जना प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनीका प्रदेशसभा सदस्यको पदमुक्तिको कारवाही सदर गर्न माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । उक्त रिटमाथिको सुनुवाई भोलि पनि हुनेछ । माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरेको कारबाही सदर नगरेको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध अदालत गएको हो ।

file photo/reportersnepal

 



प्रतिक्रिया दिनुहोस्