Logo

१४ सांसदसम्बन्धी ओलीद्वारा दायर मुद्दा टुंगिएन



काठमाडौं, ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । आज सुनुवाई भएको मुद्दामा अन्तरिम आदेश जारी हुने वा नहुने टुंगो लाग्ने अपेक्षा गरिएकोमा भएन ।

न्यायाधीशहरु दिपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाई भई हेर्दा हेर्दैमा राखिएको हो । ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी पदमुक्त गरिएको निर्णय संसद सचिवालयमा दर्ता गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस गरेनन् । १४ सांसद समेत भएर एमाले विभाजन गरी निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता गराए । आयोगको उक्त कदमप्रति एमालेले विरोध गरेको थियो । त्यसपछि सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध ओलीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

यो मुद्दा अनिर्णित भएकाले माधव नेपाल समूह सरकारमा सहभागी हुनबाट रोकिएको छ । अदालतबाट ओलीको पक्षमा आदेश आएमा नेकपा एसमाथि धक्का पर्न सक्ने भएकाले पनि नेपाल समूह सरकारमा जानबाट रोकिएको हो ।



प्रतिक्रिया दिनुहोस्