Logo

नरोकिने प्रकाश (भिडियोसहित)



प्रकाशमान सिंहको रगतमै राजनीति बगेको थियो । त्यसैले उनी राजनीतिमा होमिए । गणेशमानका छोराका लागि काँग्रेसको राजनीतिमा माथिका स्थान र अवसर पनि हुनसक्थे । तर, उनले नेविसंघको तल्लो एकाईबाट राजनीति सुरु गरे । काठमाडौं जिल्ला कमिटीमा रहेर काम गरे । पछि काठमाडौं जिल्ला सभापति हुँदै नेपाली काँग्रेसको केन्द्रीय सदस्य बने ।

प्रकाशमान काँग्रेसको इतिहासमा प्रथम निर्वाचित महामन्त्री हुन् । उनीसँग सरकारमा मन्त्री हुँदै उपप्रधानमन्त्री रहेर काम गरेको अनुभव पनि छ ।

घरमै राजनीतिक संस्कार सिकेका प्रकाशमानले वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुलाई आदर्श मानेका छन् । गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता दिवंगत नेताहरुबाट पनि धेरै सिकेको सुनाउँछन् ।

वीपीको आदर्श, गणेशमानको अडान, कृष्णप्रसाद भट्टराईको बौद्धिक क्षमता र सुझबुझ, गिरिजाप्रसाद कोइरालाको कुशल संगठन निर्माणको क्षमता र सुशील कोइरालाको निष्ठाको राजनीति प्रेरणादायी भएको सुनाउँछन् । उनले यी सबै नेताहरु भेटेका छन् । कतिपयसँग संगत गरेको र सँगै काम समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्