Logo

बार्सिलोना र ग्रानाडाको बराबरी



एजेन्सी, असोज ५। स्पेनिस लिग ला लिगामा क्याटलान क्लव बार्सिलोना र ग्रानाडाले बराबरी खेलेका छन् । गएराति भएको खेलमा बार्सिलोना र ग्रानाडाले १-१ गोलको बराबरी खेलेका हुन् ।

क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको लागि रोनाल्ड अरौजो र ग्रानाडाको लागि डोमिन्गोस डुआर्टेले एकरएक गोल गरे । खेलको दोस्रो मिनेटमै एस्कुडेरोको पासमा डुआर्टेले गोल गर्दै ग्रानाडालाई खेलमा अगाडि बढाएका थिए । हारतिर लम्किएको बार्सिलोनालाई निर्धारित समयको अन्तिम मिनेटमा पाब्लो गाभिराको पासमा अरौजोले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एकरएक अङ्क बाढे । बराबरीसँगै बार्सिलोना ४ खेलबाट ८ अङ्क जोड्दै लिगको सातौं स्थानमा उक्लिएको छ । ग्रानाडा ५ खेलबाट ३ अङ्कको साथ १७ औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्