Logo

महिला एसिया कप छनोट: आज नेपाल र हङकङ भिड्दै



काठमाडौं, असोज ५ । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दैछन् । उज्जेकिस्तानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ ।

छनोटको सम्भावना जिवित राख्न नेपाली महिला टोलीलाई आजको खेलमा जित्नै दबाब रहेको छ । नेपाल छनोटको पहिलो खेलमा फिलिपिन्ससँग २(१ गोलले पराजित भएको थियो । खेलको दसौं मिनेटमै बिमला चौधरीले गोल गर्दै नेपाललाई खेलमा अगाडि बढाएपनि अन्तिम समयमा समालिन नसक्दा दुई गोल बेहोर्दै पराजित भएको थियो ।

फिफा वरियतामा हङकङ ७६ औं स्थानमा रहेको छ भने नेपाल १ सय १ औं स्थानमा रहेको छ । आजको खेलमा हङकङसँग पराजित भएको खण्डमा नेपालको एसिया कप खेल्ने सम्भावना समाप्त हुनेछ । हाल फिलिपिन्स १ खेलबाट ३ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ । अङ्कविहिन नेपाल समूहको पुछारमा छ । समूहको शिर्ष स्थानमा रहने टोली एसिया कपको लागि छनोट हुनेछ ।



प्रतिक्रिया दिनुहोस्