Logo

अरुण चियापत्ती उद्योग संचालनमा



कैलाली, असोज ५ । धनगढीमा चियापत्ती उद्योग संचालनमा आएको छ । धनगढीका ओम प्रकाश जोशी र अरुण सिंह युवाले मिलेर झापाको बाहुनडाँडामा सहकारीले प्रशोधन गरेको चियालाई धनगढीबाट बजारीकरण गर्न थालेका हुन् ।
चिया किसानबाट सहकारी संस्थालाई प्रशोधित गरेको चिया सहकारी संस्थासङ्ग सहकार्य गरेर सुदूरपश्चिमका उपभोक्तालाई गुणस्तरीय र सस्तो चियापत्ती दिने उदेश्यले धनगढीमा चियापत्ती उद्योग संचालनमा ल्याएको संचालक सदस्य अरुण सिंहले बताए ।
पहिलो चरणमा बजारमा १ सय ग्राम प्याकेजिङ्गको अरुण गोल्ड सिटिसी चिया बजारमा ल्याएका छन् । केहिसमयमै २०० ग्राम,५० ग्राम, ३० ग्राम,आधा केजि र एक केजिको प्याकेज ल्याउने संचालक सदस्य सिंहले बताए । दशैं लगत्तै मसला चिया ल्याउने तयारी रहेको पनि बताए ।
बजारमा धेरै कम्पनीका चियापत्ती भएपनी हामिले पहिलो प्राथमिकता उपभोक्तालाई सस्तोमा गुणस्तरीय चिया दिने उदेश्यका साथ बजारमा अरुण उद्योगको अरुण गोल्ड प्रीमियम सिटिसी चिया ल्याएको बताए ।
‘६ महिना अघीबाट उद्योग संचालनको योजनासहित धनगढीमा चिया उद्योग संचालन ल्याएका छौं । सस्तोमा एकदमै स्वाद र गुणस्तरीयलाई प्राथमिकता दिएका छौं ।’ संचालक सदस्य सिंहले भने ।



प्रतिक्रिया दिनुहोस्