Logo

खसीबोका र च्याङ्ग्रा खरिदका लागि छ करोड विनियोजन



काठमाडौं, असोज ५ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तयारी थालेको छ ।

कम्पनीले खसीबोका दुई हजार र एक हजारको हाराहारीमा च्याङ्ग्रा खरिदका लागि मुस्ताङ कार्यालयलाई निर्देशन गरिसकेको छ ।

कम्पनीका अनुसार खसीबोका र च्याङ्ग्रा खरिदका लागि छ करोड रुपियाँ विनियोजनसमेत गरिसकेको छ । कम्पनीले मूल्य बढ्ने देखेर गत वर्षभन्दा १० प्रतिशत बढी रकम विनियोजन गरेको छ ।

कोभिडका कारण गत वर्ष कम्पनीले च्याङ्ग्रा भने ल्याउन सकेको थिएन । तर अहिले प्राथमिकतामा राखेर खरिदका लागि सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्