Logo

ओलीका हरेक एक्शन असफल भए, अदालतले हाम्रो पक्षमा फैसला गर्छ : रामकुमारी झाँक्री (भिडिओसहित)



काठमाडौं, ५ असोज । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीका हरेक एक्सन असफल भएको दाबी गरेकी छिन् । उनले ओली आफूहरुको सांसद पद खारेजीको माग गर्दै अदालत गएपनि आफूहरुको पक्षमा फैसला आउने दाबी गरेकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनिन्,‘अदालतको फैसला हाम्रो पक्षमा आउँछ । पार्टीको ह्वीप त्यतिवेला लाग्दथ्यो, जतिबेला हामी सांसद नै हुन्थ्यो । हामी १४६ जना सांसद सर्वोच्च गएर च्यालेन्ज गरेर लडेर संसद् ल्याएपछि अनि केपी ओलीले हाम्रो सदस्यता खाने ? बरु, उहाँहरुलाई अलिकति लाज लाग्नुपर्ने हो ? कुन मुखले उहाँहरु संसद्मा आउनुभयो ? उहाँले आफ्नो संसद् आँफै ढाल्नुभएको हो ।’

पुष ५ गते संसद् विघटन गरेर ओलीले राजनीतिक अपराध गरेको उनको आरोप छ । उनले ओलीले अहिले जात्रा गरिरहेको पनि टिप्पणी गरिन् । उनले आफूहरुले लडेर संसद् जोगाएको संसद्मा आउँदा केपी ओलीहरुलाई लाज लाग्नुपर्नेपनि बताईन् । उनले ओली निर्वाचनमा कुन आधारमा जाने ? भन्दै प्रश्न गरिन् । उनले भनिन्,‘उहाँहरु के मुद्दामा चुनावमा जानुहुन्छ ?’



प्रतिक्रिया दिनुहोस्