Logo

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं, असोज ५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको छ । महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका सामान्य बदली र बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।

लुम्बिनी प्रदेशका केही स्थानहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको छ । मंगलबार देशभर सामान्य बदली रहनेछ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्