Logo

भीम रावलको टिप्पणी : अब आएर राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा!



काठमाडौं, ५ असोज । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा गरिएको भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले देश र जनताप्रति थोरै भएपनि जिम्मेवार हुन र लोकलाज तथा नैतिकताको ख्याल गर्न निर्णकर्तालाई आग्रह गरेका छन् ।

उनले लेखेका छन्–मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा, अब आएर राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा! यो देश र जनताको फजिती र अधोगतिको मार्ग हो।निर्णयकर्ता हो,देश र जनताप्रति थोरै भएपनि जिम्मेवार होउ र लोकलाज तथा नैतिकताको ख्याल गर!



प्रतिक्रिया दिनुहोस्