Logo

भारतसँगको सीमा छेवैमा चीनको सैन्य अभ्यास



एजेन्सी, ५ असोज । चीनले भारतको सीमा नजिक हिमाली क्षेत्रमा सैन्य अभ्यास गरेको छ । नयाँ हतियार र प्रविधिको प्रयोगसहित सैन्य अभ्यास भएको आइतबार दी साउथ चाइना मर्निङ पोष्टले खबर छापेको छ ।

सैन्य अभ्यास रातको समयमा उच्च हिमाली भागमा समेत भएको रिपोर्ट छ । ५ हजार मिटरमा रातको समयमा हुनसक्ने युद्धको लागि समेत अभ्यास भएको बुझिएको छ । चीनको सैन्य पत्रिका पिएलए डेल्लीले पनि अभ्यासबारे खबर छापेको छ ।

सैन्य अभ्यास भारतसँग जोडिएको सिन्जाङ मिलिटरी डिस्ट्रिकमा भएको बुझिएको छ । चीनले भारत लक्षित अभ्यास गरेको हो । चिनियाँ कमाण्डरको भनाई उदृत गर्दै वरपरका क्षेत्रमा खराब युद्धको वातावरण बन्नु र चुनौतीहरु बढ्नुले अभ्यास गरिएको पिएलए डेल्लीले लेखेको छ ।

चिनियाँ सेनाले युद्ध अभ्यासमा आधुनिक रकेट लन्चर ट्रकहरुको प्रयोग गरेको थियो । चीन र भारतबीच लद्दाकको सीमा क्षेत्रमा गत वर्ष झडप भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot