Logo

नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं, ५ असोज । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । खेल उज्वेकिस्तानको जेएआर स्टेडियम हुँदैछ ।

एसियन कपमा छनोट हुन नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ । समूह एफमा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार व्यहोरेको थियो । सुरुवाती अग्रता लिएको नेपालले सम्हालिन नसक्दा अन्तीम मिनेटमा लगातर दुई गोल खादै पराजित हुन पुगेको थियो ।

बलियो टोली हङकङविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । यस समूहको शीर्ष टोलीले २०२२ मा भारतमा हुने एसियन कप खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्