Logo

निफ्राले ८.५ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले यस वर्ष ८.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ४ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २० अर्ब रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको सर्वाधिक कित्ता शेयर सूचीकृत रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्