Logo

टिकटकले ल्यायो ‘युथ मोड’, बालबालिकाले दिनमा ४० मिनेट मात्र चलाउने पाउने



काठमाडौं, ५ असोज । सामाजिक सञ्जाल टिकटकले बालबालिकालाई नियन्त्रण गर्न ‘युथ मोड’ ल्याएको छ । बालबालिकाले अब दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा समय बिताउन मिल्ने छैन् ।
कम्पनीले गत सेप्टेम्बर १८ देखी टिकटकले चीनबाट यसको सुरुवात गरेको छ ।

यससँगै चीनमा १४ वर्षभन्दा कम उमेर भएका टिकटक प्रयोगकर्ताले दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन नपाउने भएका हुन् । यस्ता प्रयोगकर्ताले रातको १० बजेदेखि विहान ६ बजेसम्म टिकटक हेर्नसमेत नपाउने बताइएको छ ।

कम्पनीले यस फिचरलाई उपयोगी बनाउन अभिभावकलाई आफ्ना बालबालिकाको टिकटक अकाउन्ट बनाउँदा आधिकारिक विवरण प्रयोग गर्न आग्रह गरेको छ । टिकटक अकाउन्टमा १४ वर्ष भन्दा कम उमेर भए कम्पनी आफैंले ‘युथ मोड’ गरिदिने बताएको छ । चीनबाट सुरु भएको यो फिचर विस्तारै अन्य मुलुकमा पनि विस्तार गरिने कम्पनिले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्