Logo

राष्ट्रियसभामा एमालेको विरोध, सभामुखको राजीनामा



काठमाडौं, ५ असोज । नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा पनि विरोध जनाउँदै अवरोध खडा गरेको छ । प्रतिनिधि सभाबाट पारित भएर सन्देशसहित राष्ट्रियसभा पुगेको विनियोजन विधयेक पेश गर्ने क्रममा विरोध गरेको हो । विरोधका बाबजुद विधयेक पेश भएको छ ।

एमाले सांसदहरु सिटमा उभिएर विरोध जनाएका थिए । विरोधका बाबजुद विधयेक पेश भएको थियो ।

एमालेबाट निर्वाचित १४ सांसदहरुलाई पदमुक्त गर्ने निर्णय पेश गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले सूचना नटाँसेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले सूचना टाँस नगरेसम्म विरोध जनाउने अडान लिएका छन् । सभामुखले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसदहरुले उठेर विरोध जनाइरहेका थिए ।

यसैगरी, राष्ट्रिय सभामा एमाले सांसदहरुले सभामुखको राजीनामा माग्न थालेका छन् । एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख श्रेष्ठको राजीनामा मागेका हुन् । यसअघि एमाले सांसद कोमल वलीले पनि राजीनामा मागेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्