Logo

भरुवा बन्दुक सहित ५ जना पक्राउ



सिन्धुली, ५ असोज । भरुवा बन्दुक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुधौली नगरपालिका–२ जलकिनी र तिनचम्के भन्ने स्थानबाट ४ थान भरुवा बन्दुकसहित सोही ठाउँ जलकिनी बस्ने ५० वर्षीय नुर बहादुर बस्नेत लगायत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट गस्तीमा खटिएको प्रहरीले गोप्य सूचनाको आधारमा बस्नेतको घर र गोठ तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्