Logo

सिभिल बैंकले शेयर विक्री गर्ने



काठमाडौं, ५ असोज । सिभिल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

बैंकले उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा नियम अनुसार अन्य व्यक्ति संघ संस्थालाई विक्री गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्