Logo

सिद्धार्थ बैंकले पायो १ अर्ब ४२ करोड ऋण



काठमाडौं, ५ असोज । स्ट्यान्डर्ड चार्टड बैंक सिंगापुरले सिद्धार्थ बैंक लिमिटेडलाई ऋण दिने भएको छ । बैंकले सिंगापुर स्थित स्ट्यान्डर्ड चार्टड बैंकबाट १ करोड २० लाख अमेरिकी डलर अर्थात १ अर्ब ४२ करोड ऋण पाएको हो ।

बैंकको अनुसार स्वीकृत ऋण मध्ये ८० लाख अमेरिकी ऋण अर्थात करिब ९५ करोड रुपैयाँ बराबरको सुविधा उपलब्ध भईसकेको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिट्टै उपलब्ध हुने जनाएको छ ।

उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरिआएको अन्तराष्ट्रिय व्यापार र तरलता व्यस्थापनमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्