Logo

कारबाहीमा तीस भन्दा बढी हुथी विद्रोहीको मृत्यु



५ असोज : यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा सोमबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको सरकारी सेनाले सोमबार जानकारी दिएका छन् ।

साउदी अरेबियाको नेतृत्वमा रहेको यमनी सेनाले उक्त क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो । उक्त हवाई आक्रमणमा ३० जना भन्दा बढी हुथी विद्रोही मारिएको बताइएको छ । उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्