Logo

जेलबाट बाहिरिदा राज कुन्द्राको निधारमा टिका कसले लगाइदियो ?



एजेन्सी, ५ असोज । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा सोमबार धरौटीमा रिहा भएका छन् । उनी मुम्बईको आर्थर रोडको जेलमाकरिब २ महिनादेखि बन्द थिए । उनी ५० हजार रुपैयाँमा धरौटी बुझाएर थुना मुक्त भएका हुन् ।

रिहाईको क्रममा राजले निधारमा रातो टिका लगाएका थिए । उनलाई कसले रातो टिका लगाइदियो सर्वत्र चासोको विषय बनेको छ । केही मिडियाकर्मीले यसबारेमा बाइट लिन पनि खोजेका थिए । तर राज खासै बोल्न चाहेनन् । राजको चिन्ताग्रस्त मुहार स्पष्टसँग देखिएको थियो । लामो समय जेलभित्र बस्दा राज दुब्लाएका पनि छन् ।



प्रतिक्रिया दिनुहोस्