Logo

आज यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, ५ असोज । आज नेप्से १३ अंकले बढेको छ । आज व्यापार, फाइनान्स, म्यानुफ्याक्चरीङ र म्युचुअल फण्ड बाहेक अन्य सबै समुहको सुचक बढेका छन् ।

आज सबैभन्दा धेरै अरुण हाइड्रोपावको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २५ करोड ४४ लाख बढीको कारोबार भएको हो ।

त्यस्तै, आज नबिल बैंकको २० करोड ५६ लाख बढीको कारोबार भएको छ । यसैगरी, निफ्रा बैंकको आज २० करोड १९ लाख बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

२२३ कम्पनीको ९५ हजार ६ सय ४६ पटक कारोबार भएर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँ बराबरको १ करोड ५३ लाख ६ हजार ६१ शेयर किनबेच भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्