Logo

बाइडेन र गुटेरेसबीच भेटवार्ता, कोरोना विषयबारे छलफल



एजेन्सी, ५ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस सोमबार भेटवार्ता भएको हो ।

उनीहरुबीच कोरोना महामारी, जलवायू परिवर्तनबारे छलफल भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले जारी गरेको स्टेटमेन्टमा लेखिएको विषयलाई सञ्चारमाध्यम तासले लेखेको छ,‘उनीहरुबीच अमेरिका र संयुक्त राष्ट्रसंघ थप प्रगाढ बनाउन विषयमा छलफल भएको छ । मानव अधिकार, अन्तराष्ट्रिय कानूनलाई मध्यनजर गरी उनीहरुबीच छलफल भएको छ ।’

कोरोना महामारीलाई परास्त गर्न संयुक्त रुपमा लाग्ने साथै अगामी दिनमा हुने संकटबाट लड्न र जलवायू परिवर्तनको विषयमा समेत छलफल भएको जनाइएको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्