Logo

हजार किलोमिटर टाढा मिसाइल हानेर रुसी युद्धपोत फर्कियो



एजेन्सी, ५ असोज । रुसी युद्धपोतको वारसिप बाल्टिक फ्लिट प्रोजेक्ट २२८०० कोर्भेटले ह्वाइट सीमा क्रुज मिसाइल प्रहार गरेको छ । प्रहार हजार किलोमिटर टाढा लक्ष्यभेद गर्न सफल भएको जनाइएको छ ।

मिसाइल हानेर युद्धपोत उत्तरी भागमा रहेको बाल्टि फ्लिट बेसमा फर्केको छ । मिसाइल फाइरिङ गरी सफलता पूर्वक आफ्नो बेसमा फर्केको विषयलाई रुसी नेवीको प्रसे कार्यायले सोमबार जनाएको हो ।

प्रेस कार्यलयको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘हाम्रो सानो युद्धपोतले सफलता पूर्वक मिसाइल प्रहार गरेको छ । फाइरिङ पानी मुनी गरिएको छ भने फायर भएको मिसाइलले ४ हजार नौटिकल माइलको दुरि तय गरेको छ । हुवाइट सी हुँदै बाल्टिक क्यानलm लडोगा ताल नेभा पोखरी, गल्फ अफ फिनल्याण्ड हुँदै बाल्टिक सीसम्मको दूरि तय गर्ने छ ।’

युद्धपोत गत अगस्तमा उत्तरी भागमा पठाइएको थियो । मिसाइलले एक हजार भन्दा बढीको दूरिमा निसाना बनाई प्रहार गर्न सक्ने जनाइएको छ । प्रोजेक्ट २२८०० रसी ग्रीन वाटर मल्टिपरपस मिसाइल–आर्टिलेरी वारसिप अन्तरगत पर्दछ । आँठ सय टनको वारसिपले क्यालिबर एन के क्रुज मिसाइल र एक के १७६ एम के ७६.२ एमएम आर्टिलेरी बन्दुक बोक्न सक्न र करिब १५ पदन सम्म पानी रहन सक्ने गरि निर्माण गरिएको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्