Logo

भारत नेपाल संयुक्त सैन्य अभ्यास ‘सुर्य किरण’



काठमाडौँ, ५ असोज । भारत र नेपालबीच संयुक्त अभ्यासको प्रारम्भ भएको छ । यसलाई सुर्य किरण नाम दिइएको छ ।

भारत र नेपाल बीचको १५औँ संयुक्त अभ्यास भारतको उत्तराखण्डस्थित पिठौरागढमा ४ असोजबाट सुरु भएको हो । अभ्यास १७ असोजसम्म हुने जनाइएको छ ।

अभ्यासमा आतंकवादी विरुद्व लडाई र प्राकृतिक प्रकोपबाट हुने क्षतिबाट बच्ने बारे अभ्यास गरिने सेनाले विज्ञप्तिमार्फत् भनेको छ । अभ्यासको उद्घाटन र मार्चपास दुवै देशको राष्ट्रय गानबाट भएको हो । उत्तराखण्डका कमाण्डर ले.जे.एसएस महालका अनुसार दुवै देशबीच द्विपक्षीय आत्मविश्वास, उच्च अभ्यास र शक्ति सँकलन गर्ने गरी अभ्यास हुने छ । गत शनिबार नेपाली सेनाको टोली पिठौरागढ पुगेको र उनीहरुलाई स्वागत समेत गरिएको छ । यस अभ्यासमा ६५० जना सैनिक सहभागी छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्