Logo

सुडानमा ‘कू’ गरेर सत्ता पल्टाउने प्रयास असफल



काठमाडौं, ५ असोज । सुडानमा अपदस्थ पूर्व राष्ट्रपति ओमर अल–बशिरका समर्थकहरूको ‘कू’ गरेर सत्तापल्टाउने प्रयास असफल भएको त्यहाँको सरकारले जनाएको छ । ‘कू’ गर्ने प्रयास गरिएको थियो । तर, त्यहाँका जनताले प्रतिरोध गरेको सुडानका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

यद्यपि ‘कू’ गर्ने षड्यन्त्र कसले गरेका हुन् भन्नेबारे अहिलेसम्म खुलेको छैन् ।राजधानी खार्तुम आसपास क्षेत्रमा सैनिकहरु बाक्लो रुपमा देखिएका थिए । केही मानिसहरूले सरकारी सञ्चारमाध्यमको भवन समेत कब्जामा लिने प्रयास गरेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

स्थिति नियन्त्रणमा लिन सरकारले आवश्यक कदमहरू चालेको बताइएको छ । सेनाका प्रवक्ता मोहम्मद अल फाकिलाई उद्धृत गर्दै संदिग्धहरूलाई छिटै नै सोधपुछ गरिने जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्