Logo

अमेरिका, चीन र बेलायतका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णय



काठमाडौं, ५ असोज । सरकारले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

परराष्ट्र सेवाबाट राजदूत बनेकाहरु भने फिर्ता बोलाइएका छैनन् । ओली सरकारले राजनीतिक तवरले नियुक्त गरेकाहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता बोलाउने निर्णय भएका राजदूतहरुमा अमेरिकाका लागि डा. युवराज खतिवडा, चीनका लागि महेन्द्र पाण्डे र बेलायतका लागि लोकदर्शन रेग्मी समेत छन् । खतिवडा पूर्व अर्थमन्त्री हुन् । पाण्डे पूर्व परराष्ट्रमन्त्री हुन् । रेग्मी पूर्व मुख्यसचिव हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम