Logo

एनआरएन अमेरिका क्षेत्रीय महिला संयोजकको प्रतिष्पर्धामा बढेकी यमुना भट्टराई



अमेरिका, ५ असोज । यमुना भट्टराई, लामो समय नेपालबाट अमेरिका आइ बसोबास गर्दै सामाजिक,आर्थिक र राजनीति मुद्दालाइ सक्रिय रुपमा उठाउदै आम नेपाली अमेरिकीहरुसँग सुख दुःख साट्दै आएकी संघर्षशील महिलाको नाम हो । उनी टेक्ससमा बस्दै आएकी छिन् ।

अमेरिकाको टेक्ससमा विगत लामो समयदेखि बसोबास गर्दै आएकी भट्टराई विभिन्न व्यवसायसित सम्बद्ध रहि नेपाली समाजमा सहयोगी व्यक्तित्व को रूपमा समेत स्थापित छिन् ।अमेरिकाको स्थानीय तथा केन्द्रीय तहका सामाजिक संघ संस्थाहरूमा समेत सक्रिय उनी समाजसेवीकोरूपमा पनि परिचित छिन् ।

गैर आवासीय संघ अन्तरास्ट्रिय समन्वय परिषदको आइसिसीको सदस्यमा समेत रहेकी भट्टराईले देशबाट बाहिर रहेका नेपाली महिला दिदिबहिनीले भोग्नु समस्या र त्यसको समाधानका लागि आवाज उठाउदै आएकी छिन् ।

आफ्नो जन्मभूमि छाडेर परदेश पुगेका महिलाले अवसर र परिस्थितिको सदुपयोग गर्दै प्रगति गर्न सक्छन् र आफ्नो बेग्लै पहिचान पनि बनाउन सक्छन् भन्ने कुरालाई सावित गरेकी छिन् । सामाजिक कार्यमा निरन्तर लागिरहने बताउँछिन् । उनी भन्छिन्,’सामाजिक कार्य प्रतिको मेरो जिम्मेवारी र उत्तरदायित्वलाई बोध गरेर म निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु।’

विदेशिएका सबै नेपाली महिलाहरु सफल र सक्षम बनुन् भन्ने उनको चाहना छ । । आफू अमेरिकामा रहेका नेपाली महिलालाई सफल र सक्षम बनाउन आवश्यक सहयोगका लागि तयार रहेको बताउँछिन् । नेपाली अमेरिकीहरुका लागि जिम्मेवारी सहितको नेतृत्वदायी भूमिकाका लागि सदैव तयार रहेको बताउँछिन्। आफ्नो बसोवास् र कार्यक्षेत्रमा लोकप्रिय अभियन्ताको समेत छवि बनाएकी भट्टराईले निकट भविष्यमा हुन लागेको आइसिसीको निर्वाचनमा क्षेत्रीय महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन् । उनी सेवाभावले जिम्मेवारीपूर्वक भूमिका निभाउन कटिवद्ध रहेको बताउँछिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot