Logo

बन्द गरिएका सीमा नाका खोल्ने सरकारको निर्णय



काठमाडौं, ५ असोज । सरकारले बन्द गरिएको सीमा नाका खोल्ने निर्णय गरेको छ । कोभिड १९ को रोकथामका लागि भारतसँगका कतिपय सीमानाकाहरु बन्द गरिएका थिए ।

निश्चित सीमानाकाबाट मात्र आवतजावत गर्न पाउने गरी बन्द गरिएकामा अब सबै खुल्ने भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि बन्द गरिएका सीमानाका खोल्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्