Logo

यी राजदूत फिर्ता बोलाइए (सुचीसहित)



काठमाडौं, ५ असोज । सरकारले राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै ११ देशमा जिम्मेवारी दिई पठाइएकाहरु फर्कनुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक तवरले उनीहरुले नियुक्ति पाएका थिए । अब उनीहरु फर्कनुपर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक नियुक्तिका आधारमा नियुक्त भएकाहरुलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन् । अब उनीहरुलाई फिर्ताको पत्र पठाइने भएको छ ।

सरकारको निर्णयका आधारमा फिर्ता हुनुपर्नेमा शक्तिशाली देशमा राजदूत बनाएर पठाइएकाहरु छन् । छिमेकी मुलुक भारत र चीनका अलावा अमेरिका बेलायतका लागि राजदूत बनाएर पठाइएकाहरु पनि फिर्ता हुनुपर्नेछ ।

फिर्ता बोलाइएका राजदूत

१. डा. युवराज खतिवडा, अमेरिका
२. निलाम्बर आचार्य, भारत
३. महेन्द्रबहादुर पाण्डे, चीन
४. लोकदर्शन रेग्मी, बेलायत
५. वंशीधर मिश्र, बंगलादेश
६. सर्मिला पराजुली ढकाल, ओमान
७. नारदनाथ भारद्वाज, कतार
८. दावा फुटी शेर्पा, स्पेन
९. उदयराज पाण्डे, मलेशिया
१०. अन्जन शाक्य, इजरायल

११. प्रतिभा राणा, जापान



प्रतिक्रिया दिनुहोस्