Logo

खोपप्रति विश्वास बढ्दो



काठमाडौं, असोज ६ । राजधानीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । चीनबाट ल्याइएको ४४ लाख मात्रामध्ये दोस्रो मात्रा सिभिल अस्पतालसहित अन्य खोप केन्द्रमा दिइएको हो ।
खोप केन्द्रमा मङ्गलबार दिउँसो अस्पताल परिसरबाट सुरु भएको लाइन तेस्रो लाइन लगाउँदा पनि ठूलो भीड थियो ।

झन्डै एक हजारको हाराहारीमा मानिस खोप लगाउन लामबद्ध बसेका थिए । उक्त लाइनलाई नियन्त्रण गरी खोप लगाउन नेपाल प्रहरीलाई हम्मेहम्मे परेको थियो । युवा वृद्ध लाइनमा खोप लगाउन उत्सुकताका साथ बसेको देखिन्थे ।

यस्तै थापाथलीस्थित प्रसूति गृहमा समेत कोरोनाविरुद्धको खोप लगाउनेको लाइन युएनपार्क नजिकै पुगेको थियो । सुरुमा कोरोनाविरुद्धको खोप आउँदा प्रयोग गर्न नेपालमा ल्याइएको हो, लगाउनै हुन्न भन्दा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य पत्रकारहरूले त्यसबारे जनचेतना फैलाउने काम गरेका थिए ।

कतिपय स्वास्थ्यकर्मी र वरिष्ठ चिकित्सकहरू नै कोरोना खोप नेपालमा प्रयोग गर्न ल्याइएको हुनाले लगाउनै हुन्न भन्दै हिँड्थे तर अहिले त्यो अवस्था नभएको बताइन्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्