Logo

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित



काठमाडौं, ६ असोज । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई ३–१ गोल अन्तरले हराएको हो ।

खेलको २३ औं मिनेटमा रिकार्डोले गोल गर्दै फियोरेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । साथै खेलको ५२ औं मिनेटमा माटियोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको ५५ औं मिनेटमा जेकोले गोल गर्दा इन्टर २–१ ले अघि रह्यो । ७८ औं मिनेटमा निकोलस गोन्जालेजले रेड कार्ड खादै फियोरेन्टिना १० खेलाडीमा समेटियोएको थियो ।

त्यसपछि, खेलको ८७ औं मिनेटमा पेरिसिचले गोल गर्दै इन्टरलाई ३–१ को जित दिलाए । यस जितसँगै इन्टर ५ खेलमा १३ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।



प्रतिक्रिया दिनुहोस्