Logo

माधव नेपालसहितका नेताहरु ढिलो/चाँडो एमालेमा फकर्नुको विकल्प छैन् : ज्ञवाली (भिडिओसहित)



काठमाडौ., ६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले सुदुरपश्चिम र बाग्मती प्रदेशको ईन्चार्जमा को भनेर देखिएको विवादबारे बसेर समाधान गरिने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुलाई दिईएको जिम्मेवारी ईमानदारितापूर्वक पालना गर्ने स्पष्ट पारेका छन् ।

तर, दश बुँदे सहमति कार्यान्वनयमा थोरै समस्या देखिएको उनको स्विकारोक्ति थियो । आफूहरुले एमाले छोड्ने भनेर अफवाह फैलाईएको पनि उनले स्पष्ट पारे । उनले माधव नेपालसहितका नेताहरुलाई एमलेमै फर्कनपनि आग्रह गरेका छन् । उनले राजनीतिमा हतार गर्न नहुने जिकिर गरे । उनले पार्टी फुटाउनु भनेको केक काटेजस्तै हो ? भन्दै प्रश्न गरे ।

उनले भने,‘पार्टीमा कमजोरी हुन्छ, यो भैरहने कुरा हो । हमेशा पार्टीमा अन्तरविरोध छ, अन्तरसंघर्ष छ, त्यसलाई हल गर्नुपर्छ ।’ पार्टीमा अन्तरविरोध हुँदैमा विभाजन गर्ने हो भने दुई जनामात्रै बाँकी रहँदापनि विभाजन गर्ने त ? भन्दै ज्ञवालीले आक्रोश पोखे ।



प्रतिक्रिया दिनुहोस्