Logo

सीता दाहाललाई दिईएको पदकको बचाउमा उत्रिए विप्लव पुत्र



काठमाडौं, असोज ६ । नेत्रविक्रम चन्द ‘विप्लव’ का पुत्र डा. प्रकाश चन्दले सीता दाहाललाई दिएको पदकको अपमान नगर्न आग्रह गरेका छन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सितालाई सरकारले पदकले सम्मान गरेपछि विरोध नगर्न उनले आग्रह गरेका हुन् ।

सरकारले अध्यक्ष प्रचण्डकी धर्मपत्निलाई प्रबल जनसेवाश्री पदक दिइएको छ । एकपछि अर्को विरोधका स्वर सुनिन थालेपछि विप्लव पुत्र चन्दले समाजिक सञ्जाल ट्विटरमार्फत सीता दाहाललाई सान्त्वना दिदै गरेको फोटो सार्वजनिक गर्दै आमाको सम्मान गर्न अनुरोध गरेका छन् ।

‘आमा तिमिलाई मेरोपनि सम्मान । विरोध गर्ने साथीहरु ठन्डा दिमागले सोच, तिम्रो बुढीले तिमि राती अबेर घर आउँदा दुई दिन बोल्दिनन् । तिमिलाई काँडा विज्दा आमाले खाना खादिँनन् ।’ उनले अगाडी लेखेका छन् ‘तर, यी आमाले त त्यो संघर्षमा तिम्रो आमा र बुढीले भन्दा पक्कै बढि नै दुःख गरिन । अनि किन रुन्छौ यार? आमालाई मजाक नबनाउँ ।’



प्रतिक्रिया दिनुहोस्