Logo

स्पेनिस लालिगा मा सुआरेज चम्किदा मड्रिडको जित



काठमाडौं, ६ असोज । स्पेनिस ला लिगा फुटबलमा लुइस सुआरेज चम्किएपछि एट्लेटिको मड्रिडले गेटाफेलाई हराएको छ ।
मंगलबार राति एट्लेटिकोले गेटाफेलाई २–१ गोल अन्तरले हराएको हो ।

एट्लेटिकोको जितमा दुवै गोल सुआरेजले गरे । गेटाफेका कार्लिस एरिना ७४ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि एट्लेटिको खेलमा फर्किएको थियो ।

त्यसपछि सुआरेजले लगातार दुई गोल गरे । खेलको ७८ औं मिनेटमा बराबरी गोल गरे । साथै खेलको अन्तिम मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै मड्रिडलाई जित जिलाए ।



प्रतिक्रिया दिनुहोस्