Logo

मन्त्री छान्न प्रचण्डले बोलाए स्थायी कमिटी बैठक



काठमाडौं, ६ असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्नको लागि आज स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिनेगरि छलफल अघि बढाएको र पार्टीबाट नाम दिन माग गरेपछि अध्यक्ष प्रचण्डले आज स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठक अपरान्ह ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने जनाईएको छ । देउवाले आफू प्रधानमन्त्री भएको ७० दिन बितिसकेको भन्दै अब मन्त्रिपरिषद् विस्तारमा ढिलाई गर्न नहुने धारणा हिजो साँझ बसेको सत्तापक्षीय गठबन्धनको बैठकमा धारणा राखेका थिए । सोहीअनुसार उनले पनि आज पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । आज परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त हुँदैछन् । उनको आजै सपथग्रहणको कार्यक्रम राखिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्