Logo

परराष्ट्रमन्त्रीमा डा. खड्का नियुक्त, आजै दिउँसो १ बजे सपथ



काठमाडौं, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले आज विहान खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेको पत्रसमेत राष्ट्रपति कार्यालयलाई पठाइसकेको छ ।

खड्काको सपथ आज दिउँसो १ बजेलाई तय भएको छ । उनी आजै राति संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने पनि कार्यक्रम तय भएको छ । खड्का कांग्रेसको विदेश विभाग प्रमुख हुन् । उनी उदयपुरको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । उनलाई कांग्रेसमा विकासवादी नेताको रुपमा चिनिन्छ । file photo



प्रतिक्रिया दिनुहोस्