Logo

४ दशकदेखि आँखा उपचार सेवामा



चितवन, ६ असोज । संसार देखाउने आँखाको उपचारमा राज्यको पनि त्यति ध्यान पुग्न सकेको छैन, जति यहाँका एक सामाजिक व्यक्तित्वले जीवनमा आँखा उपचारको क्षेत्रमा सेवा गरिरहेका छन् ।

‘मास्के बा’ उपनामले परिचित यहाँका चीजकुमार मास्केको जीवनको धेरै समय आँखाको उपचार सेवामा बितेको छ । विसं २००३ मा गोरखाको पाटेचौरमा जन्मिनुभएका मास्केले विसं २०४२ यता आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा बिताएका छन् । नेपाल नेत्रज्योति सङ्घ चितवनका संस्थापक सदस्य मास्केले यहाँ भरतपुर आँखा अस्पताल स्थापनाताकादेखि अहिलेसम्म अनवरत रुपमा सेवामा जुटिरहेका छन् ।

संस्थापक सदस्य मास्के सङ्घको कोषाध्यक्ष, उपसभापति, सभापति भएर आँखा उपचारमा सेवा पु¥याउनु भएको हो । नेपाल नेत्रज्योति सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसक्नुभएका मास्के अहिले पनि सङ्घको केन्द्रीय सदस्य हुन् । उनले विगतलाई स्मरण गर्दै भने, “म सभापति हुँदा अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउन मुस्किल पथ्र्यो ।” विसं २०६५ बाट झण्डै नौ वर्ष सभापति भएर आँखा उपचारमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका मास्के सभापति भएको दिन आफूले विगतमा ऋण खोजेर तलब खुवाएको स्मरण गरे ।

उनले भने, “मैले नेतृत्व छाड्दाको दिनमा अस्पतालको खातामा रु ११ करोड हाराहारी रकम सङ्कलन भएको थियो ।” सभापति हुनु अघिसम्म दैनिक दुई सय हुने बिरामी आफूले छोड्दै गर्दा ६०० पुगेको उनी बताउछन् । आफू सभापति हुनुअघि वर्षमा दुई सय आँखाको शल्यक्रिया हुने गरेकोमा छोड्दै गर्दा यो सङ्ख्या आठ हजार पु¥याउन सकेकोमा उनलाई गर्व छ ।

अस्पतालको दुई वटा उपचार केन्द्र हुँदै गर्दा सभापति हुनुभएका मास्केले दुई कार्यकाल पूरा गरेर बिदा भए । अहिले उपचार केन्द्रको यो सङ्ख्या १२ पुगेको छ । उनले स्मरण गरे । यो, “म सभापति हुँदै गर्दा दुईजना विशेषज्ञ चिकित्सकसहित २५ जना कर्मचारी थिए, अहिले यो सङ्ख्या १७ जना विशेषज्ञ चिकित्सकसहित १२५ कर्मचारी पुगेको छ ।”रासस



प्रतिक्रिया दिनुहोस्