Logo

जोन्ता क्लबलाई सिद्धार्थ बैंकको आर्थिक सहयोग



काठमाडौं, ६ असोज । जोन्ता क्लब काठमाण्डौं नेपाललाई सिद्धार्थ बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २ सय रूपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।

बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले उक्त रकम जोन्ता क्लब काठमाण्डौं नेपालका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतना मूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्ने जानकारी दिएको छ ।

साथै विभिन्न सामाजिक संजालमा उक्त भिडियोको प्रवद्र्धन गरी हिंसा विरुद्ध आवाज उठाउन प्रोत्साहन गर्नेे उद्देश्य जोन्ता क्लबको रहेको छ । समाजमा भईरहेका भेदभाव, अत्याचार तथा हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हक अधिकारका लागि कार्यहरु गर्दै आईरहेको संस्था, जोन्ता क्लबलाई बैंकले पु–याएको यस सहयोगबाट महिला सशक्तिकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्