Logo

४० किलो चाँदी सहित पक्राउ



रौतहट, ६ असोज । ४० किलो चाँदी जस्तो देखिने धातु सहित एकजना पक्राउ परेका छन् । गौर नगरपालिका ४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदी जस्तो देखिने धातु सहित सर्लाही मलंगवा नगरपालिका(२ बस्ने ३५ वर्षीय बिद्यानन्द साह सोनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं गौर चल्ने ज्वाला रात्री सेवा बसबाट झरेर पैदल हिँडिरहेका उनलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनको साथबाट उक्त धातु फेला पारी उनलाई पक्राउ गरेको जानकारी दिएको छ । उनलाई बरामद धातु सहित आवश्यक कारवाहीका लागि राजस्व कार्यालय पथलैया बारा पठाएको जनाएको छ । छ ।



प्रतिक्रिया दिनुहोस्