Logo

४ किलो गाँजाको धुलोसहित एक पक्राउ



काठमाडौं, ६ असोज । लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका १० बालुवा खानीबाट ४ किलो ६ सय ६४ ग्राम अवैध लागूऔषघ गाँजाको धुलो जस्तो देखिने पदार्थ सहित दोलखा तामाकोशी गाउँपालिका ५ बस्ने ४० वर्षीय योगराज पोखरेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँमा लागूऔषध बिक्री बितरण भइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्