Logo

गाईको बाछो काट्ने ६५ वर्षीय पुरुष पक्राउ



काठमाडौं, ६ असोज । गाईको बाछो काटेको अभियोगमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । गाईको बाछो काटेको अभियोगमा रसुवा नौकुण्ठ गाउँपालिका २ घर भएका ६५ वर्षीय कामछिरिङ लोकचन लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

तारकेश्वर नगरपालिका ५ गोलढुङ्गा फुयेलचोक चौतराको खोलामा गाईको बाछो काटिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले गाईको बाछो काटिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्