Logo

संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने तालिबानको माग



काठमाडौं, ६ असोज । तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग गरेको छ । तालिबानी विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने माग गरेका हुन् ।

अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन लागेको छ । तालिबानले दोहास्थित आफ्ना प्रवक्ता सुहेल साहिनलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि तोकेको छ । प्रवक्ता सुहेललाई महासभामा पठाउने तालिबानको तयारी गरेको छ । यस विषयमा विचार गर्ने क्रेडेन्सियल कमिटीको काम हो । जसमा चीन, अमेरिका र रुस सहित नौ राष्ट्र सम्मिलित रहेको यूएनका प्रवक्ताले बताएका छन् । तर, यो कमिटिको बैठक राष्ट्रसंघको महासभाअघि बस्ने सम्भावना निकै कम रहेको छ ।

राष्ट्रसंघको नियमअनुसार घुलाख इसाक्जाई राष्ट्रसंघको लागि अफगानिस्तानका स्थायी प्रतिनिधि रहनेछन् । महासभामा उनले आफ्नो भनाइ राख्ने अपेक्षा गरीएको छ ।

तालिबानले भने अहिले धेरै मुलुकले अफगानिस्तानको राष्ट्रपति पनि असर्फ घानीलाई नमान्ने भन्दै इसाक्जाईले पनि अब अफगानिस्तानको प्रतिनिधित्व नगर्ने दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्