Logo

आईपीएलमा आज दिल्ली र हैदराबाद खेल्दै



काठमाडौं, ६ असोज । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद बिचको खेल हुँदैछ ।
खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि दुबईको अन्तराष्ट्रिय रंगशालामा हुनेछ ।

दिल्ली अंक तालिकाको दोस्रो स्थानमा र हैदराबाद तालिकाको अन्तिममा छ । दिल्लीले ८ खेलमा १२ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको भने हैदराबाद ७ खेलमा ३ अंक जोड्दै पुछारमा रहेको छ ।

दिल्लीसँग समान अंक रहेको चेन्नई नेट रन रेटका आधारमा शीर्ष स्थानमा रहको छ । आजको खेल जितेर दिल्ली अंक तालिकाको शिर्ष स्थानमा उक्लिन खोज्नेछ भने हैराबाद पनि जितको खोजीमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्