Logo

बागलुङमा सामाजिक विकास कार्यालय स्थापना



बाग्लुङ, ६ असोज । बागलुङमा गण्डकी प्रदेशअन्तर्गतको सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । कार्यालयको गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले आज उद्घाटन गरे ।

सो अवसरमा मन्त्री श्रेष्ठले सरकारले प्रदेशका ११ जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्न लागेको जानकारी दिए । उनले नागरिक र सरकारको दूरी कम गर्न आफुनो भूमिका रहने बताए । “मन्त्रालयले जनताको सुख, दुःख, ज्येष्ठ नागरिक, अपाङ्ग तथा मजदुरको पक्षमा काम गर्न कार्यालय स्थापना गरेको हो”, मन्त्री श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले कर्मचारी स्थायी सरकार भएका कारण सरकारले योजना निर्माण गर्ने र कर्मचारीले कार्यान्वयन गर्न सकेमा मात्रै सरकारको काम देखिने बताए । पुरानो शिक्षा कार्यालयको एक भवनमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बरबहादुर जिसीले जानकारी दिए । कार्यालयमा १२ जनाको दरबन्दी रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्