Logo

दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचार्ड लेभी इपीएल खेल्न नेपाल आइपुगे



काठमाडौं, ६ असोज । एभरेष्ट प्रिमीयर लिग (इपीएल) खेल्नका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचार्ड लेभी नेपाल आइपुगेका छन् ।
लेभी पोखरा राइनोजमा आबद्ध रहेका छन् । उनले २२० टि–२० खेलमा ५ हजार ४ सय ६८ रन बनाएका छन् ।  पोखराले आइतबार भैरहवा ग्लाडिएटरर्ससँग खेल्दैछ ।

पोखराको टोलीमा विनोद भण्डारी, सुनिल धमला, रित गौतम, विपिन रावल, लोकेशबहादुर बम, रविन्द्र शाही, विवेक कुमार यादव, सुशन भारी, किशोर महतो, विक्रम सोब, नन्दन यावद, देव शाह, अर्जुन कुमाल र विपिन खत्री रहेका छन् । साथै टोलीमा विदेशी खेलाडीको रुपमा सहान अराचचिगे, रिचार्ड लेभी, असेला गुनारत्ने र केसरिक विलियम्स रहेका छन् ।

शनिबारबाट टियु मैदानमा सुरु हुने इपीएलको उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र ललितपर प्याट्रियट्सले खेल्नेछन् । कोभिड–१९का कारण रोकिएको नेपालको घरेलु लिग इपीएल खेल्न विश्वभरका चर्चीत खेलाडीहरु यतिबेला नेपाल आइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्