Logo

आज नेप्से १०४ अंकले बढ्यो, कारोबार रकम बढेन



काठमाडौं, ६ असोज । साताको कारोबारको चौथो दिन बुधबार (आज) नेप्सेमा उच्च अंकको बृद्धि भएको छ । नेप्से सुचक आज १०४ दशमलव ८८ अंकले बढेर २८ सय १६ दशमलव ९५ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १९ दशमलव ४७ अंकले बढेर ५२८ दशमलव १० विन्दुमा रोकिएको हो ।

आज २२७ कम्पनीको ७२ हजार ७१४ पटक कारोबार भएर ६ अर्ब १७ करोड ९३ लाख बढी रुपैयाँको १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्