Logo

बामदेव नेकपा एसमा पस्न रोकिनुको रहस्य



काठमाडौं, ६ असोज । नेकपा एमालेको उपाध्यक्षसहित सबे जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरिसकेका बामदेव गौतम अझै कता जाने टुंगोमा पुगेका छैनन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीमा जाने चर्चा थियो ।

बामदेवले एमाले छाडेको घोषणा गर्नुलाई उनी सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा जान लागेको औल्याइएको थियो । तर, नेकपा एस अझै सरकारमा नगएकाले छिनोफानो भएको छैन ।

गौतम नेकपा एसमा महत्वपूर्ण पदसहित जाने चर्चा चलेको धेरै भइसकेको छ । तर, उनी अगाडि बढेका छैनन् । आखिल बामदेव किन रोकिए ?

विश्वस्त स्रोतका अनुसार गौतमले पार्टीको मार्गदर्शक सिद्धान्त र कार्यनीतिबारे स्पष्टता खोजेका छन् । उनले मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हुनुपर्ने बटमलाइन बनाएका छन् । जबज छाड्न नहुने उनको अडान छ । गौतम एमालेमा रहँदा जबजको पक्षपाती मानिन्छन् ।

नेकपा एसको कार्यनीति जनताको बहुदलीय जनवाद नभई जनताको बहुदलीय समाजवाद हुने स्पष्ट भइसकेको छ । गौतम जबसमा सहमत भएपनि मागदर्शक सिद्धान्त जबज हुनुपर्ने अडानमा रहेको बुझिएको छ ।

यसैगरी, गौतमले सम्मानजनक पद तथा जिम्मेवारीको विषय पनि उठाएका छन् । उनले सहअध्यक्ष चाहेको बुझिएको छ । सरकारमा आफू जाने या आफूनिकट सांसदलाई पठाउने उनको चाहना बुझिएको छ । यसकारण उनी नेकपा एसमा पस्न रोकिएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्