Logo

आज अरुण भ्यालीसहित यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, ६ असोज । नेप्सेमा आज २२७ कम्पनीको ७२ हजार ७१४ पटक कारोबार भएर ६ अर्ब १७ करोड ९३ लाख बढी रुपैयाँको १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर किनबेच भएको छ ।

नेप्सेको अनुसार आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको आज २३ करोड ३४ लाख बढीको कारोबार भएको हो ।

त्यस्तै, नेशनल हाइड्रोेपावर कम्पनीको १८ करोड ४८ लाख बढीको कारोबार भएको हो । त्यस्तै, आरएमडिसी लघुवित्तको १६ करोड ९९ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्