Logo

कांग्रेस पदाधिकारी बैठक जारी



काठमाडौं, ६ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सरकारलाई पूर्णता दिनेगरि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदाधिकारी बैठक डाकेका हुन् ।

यसअघि हिजोमात्रै परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गरेको थियो । आजै सत्ता गठबन्धनको बैठकसमेत बस्दैछ । उक्त बैठकमा पनि सरकारलाई पूर्णता दिनेबारे छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्