Logo

सत्तामा पुग्न तालिवानलाई पाकिस्तानको साथ, सत्तामा पुगेपछि चुनौती



एजेन्सी, ६ असोज । पाकिस्तानको साथ पाएर अफगानिस्तानको सत्ता बन्दुकको बलमा कब्जा गरेको तालिवानभित्र विवाद बढेको छ । तालिवानको दुई समूहबीच विवाद चलिरहेको छ । अर्कोतर्फ सहमतिको सरकार टरेपछि गृहयुद्ध डरलाग्दो हुने खतरा बढेको छ ।

अहिले तालिवानविरुद्ध विभिन्न समुदायका युद्धसरदारहरु संगठित हुँदै गएका छन् । पन्जसिरमा तालिवानले चुनौतीको सामना गरिरहेको छ ।

महिलाहरु काममा र शिक्षण संस्थामा जान पाएका छैनन् । त्यहाँ तिव्र असन्तुष्टि बढेको छ ।

अफगानिस्तानमा कर्मचारीहरुले तलब पाइरहेका छैनन् । विदेशबाट आउनुपर्ने रकमहरु रोक्किएका छन् ।

अफगानिस्तानमा गृहयुद्धको खतरा बढेको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चेतावनी दिएका छन् । उनले तालिवान सहभागितामूलक सरकार बनाउन असफल भएमा डरलाग्दो गृहयुद्ध हुने चेतावनी दिएका हुन् ।

बीबीसीसँगको अन्तवार्तामा खानले अफगानिस्तानमा गृहयुद्ध भएमा पाकिस्तानमा ठूलो असर पर्ने बताएका हुन् । उनले मानवीय र शरणार्थीसम्बन्धी संकटबारे पनि बोलेका थिए । पाकिस्तानमा सरकारविरोधी समूहलाई अफगानिस्तानको संकटबाट मलजल हुनसक्ने विषय समेत उठाए ।

तालिवानमाथि पाकिस्तानले सहभागितामूलक सहमतिको सरकारमा जोड दिइरहेको छ । तर, तालिवानका नेताले कसैले सरकारबारे दबाब दिन नमिल्ने स्पष्ट पारिसकेको छ ।

विगतमा तालिवानलाई साथ दिएको पाकिस्तानलाई अहिले नयाँ चुनौती थपिएको छ । तालिवानका नेताहरु नै पाकिस्तानलाई चुनौती दिन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्